Advertisement
SKIP THIS
सर्वोच्च अदालतमा रिट दायर गर्नेलाई अध्यक्ष साउदले दिए भवन उद्घाटनको निम्तो

अछाम:बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष टेक बहादुर साउदले निर्माणाधीन गाउँपालिकाको प्रशासकीय भवनको बिरुद्धमा सर्वोच्च अदालतमा रिट दायर गर्ने ४ जना र रिट दर्ताका लागि चन्दा संकलन कर्तालाई भवन उद्घाटनको निम्तो दिएका छन् ।शुक्रबार सर्वोच्च अदालतले गाउँपालिका प्रशासकीय भवन रोक्नको लागि गरिएको रिट खारेज गरिदिए पछि अध्यक्ष साउदले भवन उद्घाटनका लागि निम्तो दिएका हुन।

अध्यक्ष साउदले सामाजिक सञ्जाल मार्फत भवन निर्माणको काम आगामी बैशाख महिना सम्म सम्पन्न गर्ने गरि काम हुँदै गरेको अवस्थामा अदालतमा रिट दायर गरिएको र सर्वोच्च अदालतले तत्काल रोक्नु भन्ने अल्पकालीन आदेश दिदाँ खुसि हुनेहरूलाई बिकास बिरोधि भने ।

बान्नीगढी सरकार बान्नीगढी बासिको पक्षमा एउटा बिकासको गति/लय समातिरहेको समयमा बिकास बिरोधी, दुषित मनसाय बोकेका अराजक व्यक्तिहरुले दिनहुँ जसो सामाजिक सञ्जाल लगायत चिया चौतारमा बान्नीगढी सरकार माथि मिथ्या, भ्रमपूर्ण र अनूचित आरोपप्रत्यारोपले गरिरहेका बताए ।

बान्नीगढी जयगढ गाउँपालिकाको प्रशासकिय भवन निर्माण प्रक्रिया विधि-कानून सम्मत, मापदण्ड अनुसार नै रहेको सर्वोच्चले रिट गरेको खारेज बाटै प्रष्ट भएको बताए ।

तपाईको प्रतिक्रिया