Advertisement
SKIP THIS
सर्वोच्चद्वारा बान्नीगढीको निर्माणाधीन प्रशासकीय भवनको रिट खारेज

अछाम:सर्वोच्च अदालतद्वारा निर्माणाधीन बान्नीगढी जयगढ गाउँपालिकाको प्रशासकीय भवन रोक्न माग गर्दै दायर भएको रिट खारेज गरिएको छ।

सर्वोच्चले रिट खारेज गरेसँगै गाउँपालिकाले बनाउन थालेको प्रशासकीय भवनको निर्माण अगाडि बढाउने कार्य सहज भएको छ।

बान्नीगढि जयगढ गाउँपालिकाले सडक क्षेत्र मिचेको भन्दै गाउँपालिकालाई बिपक्षी बनाई निर्माण भईरहेको प्रशासकीय भवन निर्माणको काम रोक्ने भन्दै स्थानीय डम्बर बहादुर स्वार लगायतकाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

तपाईको प्रतिक्रिया