Advertisement
SKIP THIS
मानव बेचबिखन तथा ओसारपसारको कसुरमा पुर्व वडाध्यक्ष प्रकाउ

अछाम :मानव बेचबिखन तथा ओसारपसारको कसुरमा नेपाली कांग्रेसका एक नेता तथा पुर्व वडाध्यक्ष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अछामको बिनायक नगरपालिका वडा नं ८ का पुर्व वडा अध्यक्ष रहेका खनाल अछाम क्षेत्र नं २ प्रदेश सभा (क) को सभापति हुन।

खनाललाई आइतबार कैलालीबाट पक्राउ गरिएको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोका एसएसपी दीपेन्द्र जिसीले बताए ।

‘उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको रहेछ । त्यसपछि हामीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका हौं,’ जिसीले भने ।

उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

तपाईको प्रतिक्रिया