अछाम:सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री माननीय मेघराज खड्काले एचपिभि खोप लगाए महिलाहरुमा हुने पाठेघर मुख क्यान्सर नहुने बताएका छन् ।
स्वास्थ कार्यालय कैलालीको आयोजना मंगलबार सुरु भएको १० बर्ष देखि १४ बर्ष र कक्षा ६ देखि १० सम्म अध्यनरत किशोरीलाई एचपिभि खोप अभियानको सुभारम्भ गर्दै मन्त्री खड्काले खोप लगाउन अपरिहार्य रहेको बताए ।
पछिल्लो तथ्यांक अनुसार दैनिक ४ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको बताउदै मन्त्री खड्काले क्यान्सर रोग सकेसम्म पत्ता नलाग्ने र लागेपछि निको नहुने हुदाँ एचपिभि खोप महिलाको पाठेघरको मुखको क्यान्सर हुन नदिन निकै प्रभावकारी रहेको बताए ।
एचभीपी खोप विश्व स्वास्थ्य संगठनबाट प्रमाणित गुणस्तरयुक्त र संसारका धेरै देशमा प्रयोग हुँदै अएको हुदाँ,खोप भरपर्दाे,नि शुल्क रहेकाले यश अभियानमा सरिक भई खोप लगाई भबिस्यमा हुन सक्ने क्यान्सरको जोखिमबाट वच्न मन्त्री खड्काले आग्रह गरे।
पाठेघरको मुखको क्यान्सर कसरी सर्छ ?
चिकित्सकका अनुसार पाठेघर मुखको क्यान्सर हुने मुख्य भूमिका ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को कारण हुन्छ ।
एचपीभी भाइरस सरुवा भएकाले सजिलै फैलिन्छ । यो मुख्यतः छालाको सम्पर्कबाट सर्छ ।
चिकित्सकका अनुसार भाइरसको संक्रमणको प्रमुख कारण कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा पाउने, छोटो अन्तरालमा लगातार बच्चा पाउने र धेरै जनासँग यौन सम्बन्ध बनाउने, असुरिक्षत यौन सम्पर्क गर्ने, धेरै धूमपान तथा मद्यपान गर्ने र यौनाङ्गको सरसफाइमा ध्यान नदिनु रहेका छन् ।
चिकित्सकका अनुसार ३० देखि ४५ वर्षसम्म पुग्दासम्म ८० प्रतिशत एचभीपीको संक्रमण भइसकेको हुन्छ ।
नेपालमा प्रत्येक दिन करिब ६ जना महिलाको पाठेघर मुखको क्यान्सरको कारण मृत्यु हुन्छ ।