अछाम:अछामको मेल्लेख गाउँपालिकाले आगलागी पिडित रुपा देबि खड्कालाई आर्थिक सहयोग गरेको छ।
मंगलबार गाउँपालिका अध्यक्ष ज्वालासिंह साउद र निमित्त प्रमुख प्रशासकीय अधिकृत हिक्मत बुढालेले वडा आगलागी पिडित खड्कालाई नगद २५ हजार सहयोग रकम हस्तान्तरण गरे।
मेल्लेख गाउँपालिका ५ सरानिमा माघ २० गते एकल महिला खड्काको घरमा आगलागी हुदाँ १ लाख बराबरको क्षति भएको वडा थियोे ।
शारिरिक रुपमा फरक क्षमता भएकी एकल महिला खड्काका १ छोरी र ४ छोरा रहेका उनको पारिवारिक अवस्था निकै जटिल रहेकाले आर्थिक सहयोग गरिदिन मेल्लेख गाउँपालिका ५ का वडा अध्यक्ष प्रकाश अधिकारले आग्रह गरे।