Advertisement
SKIP THIS
आगलागी पिडित खड्कालाई वडा कार्यालयको आर्थिक सहयोग

अछाम:अछामको मेल्लेख गाउँपालिका ५ बिन्धेबासीनिले आगलागी पिडित रुपा देबि खड्कालाई आर्थिक सहयोग गरेको छ।

मंगलबार वडा अध्यक्ष प्रकाश अधिकारीले वडा कार्यालयमा आगलागी पिडित खड्कालाई नगद २० हजार सहयोग रकम हस्तान्तरण गरे।

मेल्लेख गाउँपालिका ५ सरानिमा माघ २० गते एकल महिला खड्काको घरमा आगलागी हुदाँ १ लाख बराबरको क्षति भएको वडा कार्यालयले केही सहयोग पुगोस् भनेर सहयोग रकम हस्तान्तरण गरेको वडा अध्यक्ष अधिकारीले बताए ।

शारिरिक रुपमा फरक क्षमता भएकी एकल महिला खड्काका १ छोरी र ४ छोरा रहेका उनको पारिवारिक अवस्था निकै जटिल रहेकाले आर्थिक सहयोग गरिदिन वडा अध्यक्ष अधिकारले आग्रह गरे।

तपाईको प्रतिक्रिया