Advertisement
SKIP THIS
अछाममा शिक्षक अभिभावक संघका अध्यक्ष परियारलाई नै सरस्वती पुजामा विभेद

अछाम :अछाममा सरस्वती पुजामा दलितलाई विभेद गरिएको छ।सोमबार सरस्वती पुजामा साँफेबगर नगरपालिका ८ बुढाकोट माध्यमिक बिधालयमा शिक्षक अभिभावक संघका अध्यक्ष सर्जन परियारलाई नै विभेद गरिएको हो।

परियारका अनुसार सो बिधालयमा पुजा गर्ने क्रममा त्यहाँकै स्थानीय ब्राह्मण चेतराज भट्टले विभेद गरेका बताए। आज सरस्वती पुजा भएको आउनु भनेर प्रधानाध्यापकले टीका ग्रहणका लागि बोलाउनु भएको र बच्चालाई समेत भर्ना गर्न गएको सँगै रहेका गैर दलितलाई टीका लगाईदिएका र आफुलाई ब्राह्ममण भट्टले टीका नलगाई दिएर पातमा टीका राखेर भुइँमा राखे अनि लगाउ भने,पछि आफुले नलगाएको बताए।

गत बर्ष पनि यसै विद्यालयमा सरस्वती पुजामै आफुलाई विभेद भएको र विद्यालय द्वारा आयोजना गरिएका वनभोज जस्ता कार्यक्रम हरुमा समेत दुईवटा भान्सा बनाउने गरिएको परियार बताए।

तपाईको प्रतिक्रिया