Advertisement
SKIP THIS
अछाममा मोटरसाइकलको ठक्करबाट एक बृद्धको मृत्यु

अछाम : अछाममा मोटरसाईकलको ठक्कर बाट एक महिलाको मृत्यु भएको छ । शुक्रबार मध्याह्न जिल्लाको कमलबजार नगरपालिका वडा नं. १ मुलीकी ७२ बर्षिय मैसरा ढकालको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको हो ।

कमलबजारबाट तुर्माखाँद जादैँ गरेको सु.प.प ०१००८ प ४०३ नम्बरको मोटरसाईकलले ठक्कर दिदाँ पैदल यात्रा गरिरहेकी ढकालको घट्नास्थलमै मृत्यु भएको अछाम प्रहरीले जनाएको छ ।

कमलबजार तुर्माखाँद सडकखण्ड स्थित मोटरकाट्यामा तुर्माखांद गाँएपालिका वडा नं. ५ बस्ने २३ बर्षिय लक्ष्मण बहादुर शाहीले चलाएको मोटरसाईकलको ठक्करबाट ढकाललको मृत्यु भएको अछामका प्रहरी प्रमुख डिएपी ईश्वरी प्रसाद भण्डारीले बताए ।

ईलाका प्रहरी कार्यालय कमलबजारबाट प्रहरी नायब निरिक्षक बिर सिंह चैसीरको नेतृत्वमा गएको प्रहरीको टोलीले चालक र मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिईसकेको उनले बताए ।

तपाईको प्रतिक्रिया