अछाम:नेपाली कांग्रेसका महामन्त्री गगन थापा सुदूरपश्चिमको धार्मिक भ्रमणमा निस्किएका छन्। उनी पत्नी अन्जना केसी थापासहित आज दिनभर सुदूरपश्चिमका विभिन्न जिल्लामा रहेका धार्मिक स्थलमा भ्रमण गरिरहेका छन्।
बुधबार बेलुका धनगढी पुगेका महामन्त्री थापा बिहीबार बिहानै हेलिकोप्टरमार्फत् धार्मिक यात्रामा निस्किएका थापाले डडेल्धुरा स्थित उग्रताराको दर्शन गरेका र बाजुरास्थित बडिमालिका, खप्तड, बैतडी स्थित त्रिपुरासुन्दरी, दार्चुलास्थित मालिकाजुर्न लगायतका शक्तिपिठमा दर्शन तथा भ्रमण गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ।
महामन्त्री थापा नितान्त पारिवारिक भ्रमणका लागि सुदूरपश्चिम आएका सचिवालयले जनाएको छ।