Advertisement
SKIP THIS
ढकारीमा २ किशोरी मृत प्रकरण,शंकास्पद २ जना प्रहरी नियन्त्रणमा

अछाम:अछामको ढकारी ८ मा मृत अवस्थामा फेला परेकी दुई किशोरी मृत्यु प्रकरणमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । आइतबार साँझ जिल्लाको ढकारी गाउँपालिकाबाट उनिहरुलाई पक्राउ गरिएको अछाम प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने दुवै जना २० वर्ष भन्दा कम उमेरका छन् । परिवारले शङ्कास्पद व्यक्तिका बारेमा जानकारीको आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । परिवारका सदस्यहरूले हत्या भएको भन्दै छानबिनको लागी स्थानीय प्रशासन सँग माग गरेको छन् ।

ढकारी गाउँपालिका ८ कि १५ वर्षीय सरस्वती खड्का र १४ वर्षकी इशरा खड्काको ढकारी गाउँपालिकाकै वडा नम्बर १ स्थित सुनघर सामुदायिक बनमा शनिवार बेलुकी फरक फरक स्थानमा शव फेला परेको थियो । 

तपाईको प्रतिक्रिया