Advertisement
SKIP THIS
अछाममा दुई किशोरी मृत अवस्थामा फेला

निराकरण खबर अछाम:अछाममा बाख्रा चराउन गएकी दुई किशोरी मृत अवस्थामा भेटिएकी छन। शनिबार जिल्लाको ढकारी गाँउपालिका वडा नं १ छिन्ने वडार जंगलमा २ जना किशोरी मृत फेला परेका छन् ।

गाउँपालिकाको वडा नं ८ पल्साँताका सरस्वति खड्का र ईश्वरी खड्का शानिबार आज मृत अवस्थामा फेला परेका हुन् ।
शुक्रबार बाख्रा चराउन छिन्ने वडार जंगलमा गएका उनिहरु बेलुकी घर फर्केका थिएनन् ।

अहिले जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलि घटनास्थल तर्फ गईरहेको अछाम प्रहरी प्रमुख ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए ।किशोरीहरुको मृत्युको कारण खुलेको छैन ।

तपाईको प्रतिक्रिया