निराकरण खबर अछाम:माघ ११ गते देखि २० गतेसम्म चल्ने सातौं साँफेबगर महोत्सवको उद्घाटन गरिएको छ।शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डेले महोत्सवको उद्घाटन गरे।मन्त्री पाण्डेले पश्चिम नेपालमा रहेका सास्कृतिक र प्राकृतिक गन्तब्यहरुलाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न उक्त कार्ययोजनामा समेटिने मन्त्री पाण्डेले बताए।
उनले पहाडी क्षेत्रका विमानस्थलहरुमा प्लेन चलाउन हाल नेपाल एयरलाइन्स सँग आन्तरिक उडानका लागि जहाज नरहेको र पहाडी क्षेत्रमा उडान भर्ने साना टुईनटर जहाज थप्ने मन्त्रालयको योजना रहेको बताए ।सातै प्रदेशमा १,१ टुईनटर जहाज राख्ने बिषयमा समेत मन्त्रालयले छलफल अगाडि बढाएको मन्त्री पाण्डेले बताए ।
बडिमालिका खप्तड रामारोशन बैधनाथको बिकास र त्रिदेशिक सेती राजमार्गलाई सञ्चालनको लागि आफु र मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
पर्यटन क्षेत्रमा समेत पछाडि परेको सुदूरपश्चिलाई लुम्बिनी सगरमाथा गण्डकी र बागमती क्षेत्र जसरी बिकास गर्ने कुरामा मन्त्री र मन्त्रालयको तर्फबाट सबै भुमिका निर्वाह गर्ने
सुदूरपश्चिमको पर्यटन प्रबर्द्धन गर्न मन्त्री भए नभए पनि साथमा लागि रहने प्रतिबद्धता जनाए ।
सम्भावना नै सम्भावनाको खानी रहेको अछामलाई माथि उठाउन बाहिर गएका अछामीले महत्वपूर्ण भूमिका खेल्ने देश भित्रका थुप्रै ठाउँहरुमा मात्र नभएर भारतसहित युरोप र अमेरिका जता पनि अछामीहरु हरेक क्षेत्रमा राम्रो गरिरहेको बताए।










