निराकरण खबर अछाम:अछाममा नेकपा एमालेका सिङ्गै वडा कमिटीहरु धमाधम मातृभूमि जागरण अभियानमा समाहित हुन थालेका छन्
शुक्रबार साँफेबगर नगरपालिका वडा नं ८ चण्डीका र ११ घुघुरकोटको सिंगो एमालेको वडा कमिटी अभियानमा समाहित भएको हो ।
एमाले चण्डीका वडा कमिटी अध्यक्ष शम्भुबहादुर कुँवरको र घुघुरकोटमा शेर बहादुर बिकको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । ‘एमाले वडा कमिटीका सम्पूर्ण पदाधिकारी मातृभूमि जागरण अभियानमा समाहित भएको घोषणा गर्दै सोही कमिटी उक्त अभियानको तदर्थ समितिमा रुपान्तरण गर्ने निर्णय गरेको छ,’ निर्णयमा भनिएको छ ।
यस्तै मंगलसेन नगरपालिका १० जुपुमा समेत ४५ जनाले सामुहिक रुपमा नेकपा एकाले परित्याग गरि मातृभूमि जागरण अभियानमा समाहित भएका छन।










