Advertisement
SKIP THIS
खप्तड,बडिमालिका,रामारोशन हेलिटुरको मन्त्री पाण्डेद्वारा उद्घाटन

निराकरण खबर अछाम:सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य खप्तड,बडिमालिका र रामारोशनमा हेलिटुर सञ्चालन गरिएको छ। शुक्रबार अछामको साँफेबगरबाट हेलि टुरको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रि पण्डेले उद्घाटन गरे।

उद्घाटन पछि मन्त्री पाण्डे र नेपाल पर्यटन बाेर्डका कार्यकारी निर्देशक दिपक राज जोशिको टोलिले खप्तड बडिमालिका हेलिकप्टर मार्फत हेलि टुर गरेको थियोे । हेलि टुर पस्ताव मन्त्री पाण्डेले खप्तड बडिमालिका ,रामारोशनको प्रबर्द्धन गर्न आफ्नो मन्त्रालयले काम गरिरहेको बताए ।

लायन्स कल्ब साँफेबगरले आयोजनामा गरेको सातौं साँफेबगर महोत्सवको अवसरमा कल्बले सुदूरपश्चिमका प्रमुख धार्मिक तथा पर्यटकिय क्षेत्र बडिमालिका,खप्तड र रामारोशनको प्रबर्द्धन गर्ने उदेश्य महोत्सव अवधिभर हेलि टुर सञ्चालन गरेको छ।साँफेबगर खप्तड प्रतिब्याक्ति २२ हजार ,साँफेबगर बडिमालिका ,रामारोशन प्रतिब्याक्ती २५ हजार भाडा तोकिएको छ।

तपाईको प्रतिक्रिया