निराकरण खबर अछाम:नेकपा एमाले अछामले भिम रावलको मातृभूमि जागरण अभियानलाई जुलुसको संज्ञा दिएको छ।उसले बुधबार एक बिज्ञप्ति जारी गर्दै अछाममा एमालेका बिभिन्न पदमा रहेका ६ जनालाई मातृभूमि जागरण जुलुसमा लागेको भन्दै निष्कासित गरेको छ ।
उसले मातृभूमि जागरण जुलुसमा लागेको भन्दै जिल्ला कमिटी सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख प्रकाश शाह,जिल्ला कमिटी सचिवालय सदस्य ,सागर सिह बाब्ली जिल्ला कमिटी सदस्य बलबहादुर कुवंर, शंकर भुल, रतन रावल र साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवरलाई निष्कासित गरेको हो।
पार्टीलाई कमजोर पार्न संचालन गरिएको मातृभुमी जागरण अभियान नेपाल नामक जुलुसमा समावेश भई पार्टी र प्रधानमंत्री एवं पार्टी केन्द्रीय कमिटीका अध्यक्षका विरुद्ध अलोकतान्त्रीक र अशोभनिय नारावाजी गरिएको तथा पार्टी विरुद्धको जुलुसमा सक्रिय भूमिका खेलेकोले कारवाहि गरेको जनाएको छ।