निराकरण खबर अछाम :नेकपा एमाले अछामले बिभिन्न पदमा रहेका ६ जनालाई निष्काशन गरेको छ।
एमाले अछामले एक बिज्ञप्ति जारी गर्दै जिल्ला कमिटी सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख प्रकाश शाह,जिल्ला कमिटी सचिवालय सदस्य ,सागर सिह बाब्ली जिल्ला कमिटी सदस्य बलबहादुर कुवंर, शंकर भुल, रतन रावल र साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवरलाई निष्कासित गरेको उल्लेख गरेको छ।
उनिहरुले पार्टीलाई कमजोर बनाउने मातृभूमि जागरण जुलुसमा समाबेश भई पार्टी केन्द्रीय अध्यक्ष बिरुद्ध अलोकतान्त्रिक असोभनिय कार्य गरेको,पार्टीको सिद्धान्त भन्दा बाहिर गएको जस्ता आरोप लगाएको छ।