Advertisement
SKIP THIS
स्वामीकार्तिक खापर गाउँपालिका भित्रका विद्यार्थी र शिक्षक, शिक्षिकालाई लागि न्यानो लुगा बितरण

जितजंग कट्टेल बाजुरा :बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा अध्ययनरत रहेका विद्यार्थी र शिक्षक, शिक्षिकाका लागि न्यानो लुगा वितरण गर्न थालिएको छ ।

मंगलबारबाट गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी र अध्यापक शिक्षक, शिक्षिकालाई चिसोबाट जोगिन न्यानो लुगा वितरण गर्न थालिएको गाउँपालिकाले जनाएको छ । भारतमा बस्ने सामाजिक अभियान्ता विपिन, सम्वन्धीत विद्यालय र केही सहयोगीदाताको आर्थिक सहयोगमा उपलब्ध भएको ज्याकेट, टिर्सट र ट्राउजर वितरण गरिएको गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताए ।

विद्यालयमा अध्ययरत छात्रा तथा शिक्षिकाका लागि सामाजिक अभियान्ता विपिनले नि:शुल्क न्यानो लुगा उपलब्ध गराएका विद्यालयका विद्यार्थी र शिक्षक, शिक्षिकाका लागि लुगा खरीद गरि वितरण बितरणको थालनि गरिएको अध्यक्ष रोकायाले बताए ।

गाउँपालिका भित्रका २६ वटा सामुदायिक विद्यालयका ४ हजार एक सय विद्यार्थी र शिक्षक, शिक्षिकालाई न्यानो लुगा सम्वन्धीत विद्यालयबाट वितरण गरिने अध्यक्ष रोकायाले बताए ।

तपाईको प्रतिक्रिया