Advertisement
SKIP THIS
कमलबजार एयरपोर्टमा आउने जहाजले यात्रु नपाए स्थानीय तहले पैसा तिरिदिने

निराकरण खबर अछाम:अछामको कमलबजार विमानस्थल सञ्चालनको लागि अछामका ६ स्थानीय तहले माग गरेका छन।कमलबजार, पञ्चदेवल विनायक र मङ्गलसेन नगरपालिका, ढकारी, तुर्माखाँद र रामारोशन गाउँपालिकालागि माग गरेका हुन।

निजीस्तरको विमानलाई हप्ताको एक दिन नियमित उडानमा यात्रु अभावबापतको टिकट खर्च स्थानीय तहले बेहोर्ने सहमति गरेका हुन्। कमलबजार आउने र जाने प्रत्येक उडानका क्रममा कम यात्रु सिटको रकम स्थानीय तहले तिरिदिने सहमति गरेका हुन।

खाली भएको यात्रु सिटमध्येमा ५० प्रतिशत सिटको कमलबजार नगरपालिका र बाँकी रहेका अन्य सिटको पाँच स्थानीय तहले रकम बेहोर्ने भएका हुन्। 

तपाईको प्रतिक्रिया