निराकरण खबर अछाम:अछाममा १ हजार ८६ मातृभूमि जागरण अभियान समाहित भएका छन् । मंगलबार साँफेबगरमा पत्रकार सम्मेलन गर्दै नेकपा एमालेका बिभिन्न कमिटीका १ हजार बढीले भिम रावलको मातृभूमि जागरण अभियानमा समाहित भएका हुन।
एमाले समाहित हुनेमा प्रदेश कमीटी तथा विभागीय सदस्य समेत ७,केन्द्रीय विभाग २,जिल्ला कमीटी सचिवालय सदस्य ५,प्रवास केन्द्रीय प्रतिनिधि परिषद १,जिल्ला कमीटी सदस्य १७,जिल्ला कमीटी सदस्य १७,पुर्व जिल्ला कमीटी सदस्यहरु ३जिल्ला सल्लाहाकार सदस्य ३,साँफेबगर नगर कमीटी पदाधिकारी तथा सचिवालय सदस्यहरु १२,अनेम संघ कार्यवाहक अध्यक्ष १जनवर्गीय संगठनका प्रमुख तथा पदाधिकारीहरु ८,साँफेबगरका वडा कमीटीका अध्यक्ष तथा पदाधिकारीहरु २२,संगठित सदस्यहरु ६३७,अन्य पार्टीबाट ५,नेकपा एमालेका समर्थन ३५३ गरि १ हजार ८६ जना रहेका छन् ।