अछाम:मातृभूमि जागरण अभियानका संयोजक भिम रावलले गर्ने पत्रकार सम्मेलनमा नेकपा एमालेको भातृ संगठन प्रेस चौतारीमा आबद्ध पत्रकारलाई नजान सर्कुलर गरिएको छ।
चौतारी अछाम एक पत्रकारका अनुसार नेकपा एमाले जिल्लातहबाट मातृभूमि जागरण अभियान नेपालका संयोजक भीम बहादुर रावलको प्रमुख आथित्यमा साफेबगरमा हुने पत्रकारसँग अन्तरक्रिया नजान सर्कुलर आएको बताए ।
भिम रावलको प्रुमख आथित्यमा आज १० बजे साँफेबगरमा मातृभूमि जागरण अभियानले पत्रकार सम्मेलन गर्दै छ ।