Advertisement
SKIP THIS
अछामको तुर्माखाँद ६ स्थित प्रहरी चौकी भैरवस्थानको उद्घाटन

निराकरण खबर अछाम :अछामको तुर्माखाँद गाउपालिका वडा न‌  ६ रानिवन स्थित प्रहरी चौकी भैरवस्थानको नवनिर्मित भवनको उद्घाटन गरिएको छ।सोमबार तुर्माखाद गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिसीले उद्घाटन गरे।

तुर्माखाँद गाँउपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित ३ कोठे भवन, व्यारेक भान्साघर तथा शौचालय रहेका छन ।

उद्घाटन कार्यक्रममा तुर्माखाद गाउँपालिका उपाध्यक्ष बिमला कुमारी शाही , तुर्माखाद गाउँपालिमा पुर्ब अध्यक्ष पुष्प राज शर्मा जिल्ला प्रहरी कार्यालय अछामका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारी लगायतको उपस्थिति रहेको थियोे ।

तपाईको प्रतिक्रिया