निराकरण खबर अछाम:साँफेबगर नगरपालिका वडा नं ८ चण्डीकाको नवनिर्मित वडा कार्यालयको उद्घाटन गरिएको छ। सोमबार सुदूरपश्चिम प्रदेशमा सामाजिक बिकास मन्त्री माननीय मेघराज खड्काले वडा कार्यालयलको उद्घाटन गरेका हुन ।
तत्कालीन बिद्रोही माओवादीले ध्वस्त बनाएको वडा कार्यालय माओवादी शान्ति प्रक्रियामा आएपछि तत्कालीन शान्ति मन्त्रालयले बनाउन सुरु गरेपनि संविधान सभाबाट संविधान बनेपछि मन्त्रालय हटेपछि वडा कार्यालय अलपत्र परेको थियोे ।
बिगतमा निजि भवनबाट वडा कार्यालय सञ्चालन हुदै आएको थियोे ।निवर्तमान साँफेबगर नगरपालिका नेतृत्वले मध्यपहाडि राजमार्गको क्षेत्र भित्र परेको भन्दै बजेट बिनियोजन गर्न नसकिने भन्दै आएको थियोे तर हालको नगरपालिकाको नेतृत्वले बजेट बिनियोजन गर्दा वडा कार्यालयको अपुरो भवन निर्माण सम्पन्न भएको हो।