Advertisement
SKIP THIS
अध्यारोमा बस्न बाध्य बिनायकका नागरिक,रोके दैलेख जाने प्रशारण लाईन

अछाम :अछामको पञ्चदेवल बिनायक नगरपालिका नगरपालिका–४ टोड्केसालका नागरिक हालसम्म समेत अध्यारोमा बस्न बाध्य रहेका छन।

पञ्चदेवल विनायक–३ बेल्खेत सयन गाउँका ५३ र वडा–४ टोड्केसालका ९३ गरी १ सय ४६ घरधुरी अँध्यारोमा बस्न बाध्य भएका हुन।

हालसम्म गाउँ बिजुलिका लागि जनप्रतिनिधिको आश्वासन कुर्दा कुर्दा वाक्क भएका उनिहरुले कमलबजार देखि दैलेखको साइखोलासम्म ९ किलोमिटर दूरीको ३३ केभी प्रसारण लाइन विस्तारमा स्थानीयले अवरोध गरेका छन् ।
आफ्नो खेतमा पोल गाडेर बिजुलीको लाइन तान्न आफूहरूलाई बिजुली उपलब्ध गराउनुपर्ने माग राख्दै पञ्चदेवल विनायक नगरपालिका–४ टोड्केसालका स्थानीयले अवरोध गरेका हुन् । 

आफ्नो घर खेत हुँदै लाइन लैजाँदा पनि बत्ती बाल्न नपाउने ‘खेतबाट पोल गाडेर बिजुली लाइन लैजाने तर हामी नै अँध्यारोमा बस्नुपर्ने यस्तो अन्याय सहन सकिँदैन सहन नसकेपछि काममा अवरोध गरिएको स्थानीय छत्रबहादुर विष्टले बताए ।उनले भने, ‘हाम्रो गाउँलाई बत्ती नदिएसम्म लाइन तान्न दिँदैनौं ।’

कमलबजार प्रसारण लाइनबाट बिजुली उपलब्ध गराउने आश्वासन एक वर्षदेखि पूरा नगरेकाले बाध्य भएर आफ्नो खेतबारीबाट कालीकोट जुम्ला जाने विद्युत् लाइन रोकेको उनले बताए ।

बत्ती नहुँदा महेन्द्र मावि टोड्केसालले कम्प्युटर किनेर पनि चलाउन नसकेको विद्यार्थी नमराज बडुवालले गुनासो पोखे । तीन महिनाभित्र यी बस्तीमा बिजुली उपलब्ध गराउने प्रतिबद्धता गर्दा पनि स्थानीयले नमानेको अछाम वितरण केन्द्र प्रमुख हिक्मत बीसीले जनाए ।

तपाईको प्रतिक्रिया