Advertisement
SKIP THIS
साँफेबगर नगरपालिकाले जथाभावी नदिजन्य बस्तु उत्खनन गरे १ लाख सम्म जरिवाना तिराउने

निराकरण खबर अछाम:अछामको साँफेबगर नगरपालिकाले जथाभावी गिट्टी बालुका उठाए जरिवाना गराउने भएको छ।शुक्रबार राजश्व परामर्श समिति संयोजक तथा साँफेबगर उपप्रमुख शिव बहादुर कुँवरको संयोजकत्वमा बसेको बैठकले साँफेबगर नगरपालिका क्षेत्र भित्रका नदि खोलामा बिहान ६ बजे देखि साझँ ६ बजेसम्म मात्रै नदिजन्य पदार्थ गिट्टी बालुवा ढुंगा संकलन गर्ने निर्णय गरेको छ।

यस्तै नदिजन्य बस्तु संकलन गर्दा सम्वन्धित वडाले तोकेको क्षेत्रबाट मात्रै संकलन गर्नुपर्ने,१ घन मिटर बराबर १६० रूपयाका दरले राजश्व तिर्नुपर्ने छ।यदि नियम विपरीत गरे २५ हजार देखि १ लाख सम्म जरिवाना समितिले निर्णय गरेको आर्थिक बिकास समिति संयोजक हिक्मत कडायतले बताए ।

सबै ब्यावसायलाई करको दायरामा ल्याउन सबै वडामा गई तथ्यांक संकलन गर्ने,संम्वन्धित ठाउँमै ब्यावसाय दर्ता गरिदिने, घर वहाल उठाउने, सहकारी नियमन गरि करको दायरामा ल्याउने,अटो रिक्सालाई दर्ता गराउने निर्णय गरिएको आर्थिक बिकास समिति संयोजक कडायतले बताए ।

तपाईको प्रतिक्रिया