Advertisement
SKIP THIS
प्रेस सेन्टर अछामको अध्यक्षमा परियार

अछाम:प्रेस सेन्टर नेपाल जिल्ला समिति अछामको अध्यक्ष रमेश परियार चयन भएका छन् ।

साँफेबगरमा भएको छैटौं जिल्ला अधिवेशनबाट रमेश परियारको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति चयन भएको छ । जसको उपाध्यक्षमा शंकर थापा , सचिव लालबहादुर चँदारा , कोषाध्यक्ष तुलक्षा बोहरा , सह – सचिव नेत्र बहादुर साउँद , सदस्य कमल थपा , मनोज कुमार सार्की , रमिता विक , टेकराज विक रहेका छन ।

सेन्टरका कार्यवाहक अध्यक्ष रमेश परियारको अध्यक्षतामा भएको अधिवेशनमा नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य पहल साउँदले प्रमुख अतिथिको आसनबाट बोल्दै : संचारकर्मीहरुलाई अहिलेकाे पत्रकारिता फरक ढंगले गर्नुपर्ने र आफ्नो पहिचान देखाउँदै अहिलेकाे डिजिटल जमाना अनुसार पत्रकारिताका क्रियाकलापहरु अगाडी बढाउनुपर्ने बताए ।

मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वालासिंह साउँदले विशिस्ट अतिथिको आसनबाट बोल्दै :जिल्ला स्थित सम्पूर्ण मिडियाकर्मीहरुले आफ्नो आस्था विचार जुनसुकै ठाउँमा भए पनि पत्रकारिता पेशालाई मर्यादित बनाउन सामुहिक रुपमा एकताबद्द भएर अघि बढन र जनपक्षीय काम गर्न आग्रह गरे।

तपाईको प्रतिक्रिया