Advertisement
SKIP THIS
बढ्यो भाडादर,अछामबाट काठमाडौं पुग्न ४ हजार १ सय तिर्नुपर्ने

निराकरण खबर अछाम:सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले सोमबार सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर ३ प्रतिशतसम्मले वृद्धि गरेको जानकारी दिइएको छ ।

यातायात व्यवस्था विभागका अनुसार यात्रुवाहक सवारीमा ३.३० प्रतिशत वृद्धि गरिएको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी ०.०५ प्रतिशतले मूल्य वृद्धि गरेको जनाएको छ ।

सरकारले बृदि गरेको भाडादर अनुसार अब अछामबाट काठमाडौं पुग्न र काठमाडौंबाट अछाम पुग्न चार हजार एक सय ५ रुपैयाँ तिर्नुपर्ने भएको छ। यसअघि सो ठाउँ पुग्न भाडा तीन हजार चार सय २१ रुपैया रहेको थियोे ।

तपाईको प्रतिक्रिया