निराकरण खबर अछाम:अछाममा ढुंगा लागेर एक बालक घाइते भएका छन् ।हिजो जिल्लाको मेल्लेख गाउँपालिका ३ दर्वा का ७ बर्षिय बालक शुसान्त बुढा घाइते भएका हुन। बुढा घर नजिकै रहेको पानिमुलको डाडामा बाख्रा चराउने क्रममा बाख्राले ढुङ्गा खसाल्दा घाइते भएका हुन।
उनको टाउकोमा चोट लागेको दिउँसो बयालपाटा अस्पताल पुर्याईएको र अस्पताल सामान्य उपचार पछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा रेफर गरिएको र अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।