टंक प्रसाद रिमाल मंगलसेन: नेपाल शिक्षक संघ नगर कार्यसमिति मंगलसेन अछामको बार्षिक नगर भेला शनिबार सम्पन्न भएको छ।
कार्यक्रम प्रमुख आथित्यबाट बोल्दै नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति अछामका उपाध्यक्ष शारदा चलाउने रावलले देशमा भएका आमूल परिवर्तनहरु शिक्षकहरुले गर्दा भएको ठोकुवा गरिन।
संघमा आबद्द शिक्षकहरु मंगलसेनको नगर शिक्षा शाखाबाट भेदभाबमा पर्नु दुखद रहेको बताउदै सरकारबाट शिक्षकहरु विभिन्न बहानामा विभेद हुने गरेको तर शिक्षकहरुको छाता संगठन शिक्षक महासंघले शिक्षकहरुका हक हितमा उपलब्धिमुलक कार्य गर्न नसकेको बताईन।
विशिष्ट अतिथि शिक्षक महासंघ अछामका सचिब हर्क बहादुर बिष्टले मंगलसेन नगरपालिकाको नगर शिक्षा शाखाले संघमा आबद्ध शिक्षक सरुवा बढुवामा भेदभाब गर्ने गरेकोले सम्पुर्ण शिक्षकहरू लाई समान ब्यवहारको कार्यशैली अपनाउन र संगठनिक रुपले नेपाल शिक्षक संघले दबाब दिनु पर्ने बताउदै शिक्षकहरुका समस्या समाधान गर्न शिक्षक महासंघ तत्पर रहेको बताए ।
अर्का विशिष्ट अतिथि नेपाल ट्रेड युनियन काङ्ग्रेस सुदुर पश्चिम प्रदेश उपाध्यक्ष रशिला शर्मा र शिक्षक संघ जिल्ला कार्य समिती कोषाध्यक्ष टंक प्रसाद तिमिल्सेनाले ससदमा बिचाराधिन अवस्थामा रहेको शिक्षा ऐन सरकारले जारी गर्न नसकेको बताए ।