Advertisement
SKIP THIS
अछामको जनता बहुमुखी क्याम्पसमा लगाईएको ताला खुल्यो

निराकरण खबर अछाम:अछामको जनता बहुमुखी क्याम्पसमा लगाईएको ताला खुलेको छ। शनिबार क्याम्पस प्रशासन र संगठन बिच ५ बुदे सहमति भएपछि क्याम्पसमा ३ दिन देखि लगाईएको ताला खुलेको हो।

पौष ४ गते क्याम्पसले खुलाएको करार सहायक बिज्ञापन स्थगन गर्ने,सुदूरपश्चिम बिश्वबिद्धालयमा थप दरबन्दी माग गर्ने सहमति भएपछि पौष १७ गते देखि लगाएको ताल्चा खुलेको हो।

यस्तै क्याम्पसमा थप दरबन्दी प्राप्त ,तथा क्याम्पसमा आईपर्ने समस्याको समाधान गर्न पुर्व जिल्ला सभापति भरत कुमार स्वारको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ।
समितिको सदस्यमा अर्जुन ताम्राकार,दुघकला बिष्ट,मनोज रावल र शंकर बिष्ट रहेका छन ।

तपाईको प्रतिक्रिया