Advertisement
SKIP THIS
प्रभा धम्कोट माबिमा नेबिसंघको इकाई समिति गठन

अछाम: प्रभा धम्कोट माध्यमिक बिधालय साँफेबगर ३ मा नेपाल बिधार्थी संघको इकाई समिति बिस्तार गरेको छ।

शुक्रबार नेबिसंघ जिल्ला कार्यसमिति अछामका अध्यक्ष खेमराज खड्काको प्रमुख आथित्यमा सोनम कुँवरको अध्यक्ष्ातामा ६५ सदस्यीय इकाई समिति गठन गरिएको हो।

कार्यक्रम बिशिस्ट अथितिको आसनबाट बोल्दै स्वतन्त्र बिधार्थी युनियन त्रिपुरा बहुमुखी क्याम्पस सभापति कमल कुँवरले बिधार्थीका हक हितका लागि नेबिसंघ सधै तयार रहेको बताए ।

नेपाल विद्यार्थी सङ्घ निरंकुश, अधिनायकवादी र सामन्तीहरूको विरुद्धमा अनवरत सङ्घर्ष रहि मानव अधिकार, लोकतान्त्र, सामाजिक सदभाव, स्वतन्त्र न्याय, बिधिको शासन, सुशासन, सामाजिक न्याय र प्रेस स्वतन्त्र लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनिती, अर्थिक, शैक्षिक एवं समान्त मुलक राष्ट्र निर्माणको अग्रगामी भुमिका निर्बाह गर्दै आएको र आगामी दिनमा समेत लागि रहने सभापति कुँवरले बताए ।समिति बिस्तार कार्यक्रममा त्रिपुरा बहुमुखी क्याम्पसका इकाई सभापति महेन्द्र कुँवरको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया