जितजंग कट्टेल बाजुरा: बाजुराको हिमाली गाउँपालिका गाउँ सभाको १५ औं गाउँ अधिवेशन सम्पन्न भएको छ।आर्थिक वर्ष २०८१/०८२ को १५ औं गाउँ सभा बिहीबार”स्वास्थ, शिक्षा, कृषि, जडिबुटी, पर्यटन, जलस्रोत र पुर्वाधार, औद्योगिकरण, सुशासन र गरिबी निवारण समृद्ध हिमाली आधार” भन्ने मुल नाराका साथ गाउँ सभा सम्पन्न भएको हो।
गाउँपालिकाका कार्यालय शाखा अन्तरका स्वास्थ, कृषि, शिक्षा, रोजगार, पञ्जिकरण, पशु, प्राविधिक तथा आर्थिक शाखा अन्तरका हालसम्म गरेका कामको प्रगति प्रतिबेदन प्रस्तुत गरिएकाे थियोे। गाउँपालिकाको अर्धवार्षिक समिक्षा २०८१/०८२ पौष महिना सम्म बाढी पहिरो र भुकम्पको कारणले समुदाय स्तरमा क्षति भएको योजनाहरुको मर्मत सम्भार एवं पुनः निर्माण गर्नका लागि रकमान्तरण, शिर्षक परिवर्तन र श्रोत परिवर्तन गरि व्यवस्थापन गर्ने, फोहोर मैला व्यवस्थापन ऐन २०८१ सभामा पेश गरिएको थियोे ।
यस्तै गाउँपालिकाको लागि आवश्यक जग्गा भोक अधिकार प्राप्त गर्न लिज ऐन बमोजिम संघीय सरकार संग अनुरोध गर्ने, खलाडील कम्पानी मैतार्ना बौडी सडक चालु आर्थिक वर्षमा अपुग बजेट आगामी बजेटको लागि आर्थिक वर्ष २०८२/०८३ को बजेट छुट्ट्याउदा व्यवस्थापन गर्ने ठेक्का आह्वान गर्ने, शाखागत एवं वडा गत प्रगति समिक्षा, हिमाली गाउँपालिका भित्रका मौषम जन्य बिपदका कारण बस्ती विस्तार गर्नुपर्ने बोल्डिक बोर्ता लगायत बस्तिको लागी सम्बन्धि निकाय सम्म अनुरोध गर्ने सम्बन्धमा सहित ७ वटा एजेन्डाहरु सभामा पारित गरिएको हिमाली गाउँपालिकाका प्रवक्ता भिमानन्द पाण्डेले जानकारी दिए।
पालिका भवन, खेलकुद, औद्योगिक भवन, स्वास्थ्य संस्था, पर्यटकीय क्षेत्र,सरकारी कार्यालय भएको क्षेत्रहरू गाउँपालिका लागि आवस्यक जग्गाहरु अधिकार लिजमा गर्नेका लागि संघिय सरकार संग अनुरोध गर्ने र किउडी बस्तीलाई बिजुली बत्ती बिस्तार गर्नका लागि विशेष पहल गरिएको छ। पालिका भित्रका सरकारी कार्यालयमा कामकाे प्रतिफल आउने गरि कर्मचारीलाई काम गर्न समेत आग्रह गरिएकाे छ । सरकारी तथा गैरसरकारी संस्थाका काम वडा जनप्रतिनिधिहरुले नजिकैबाट हेरफेर गर्न वडाका जनप्रतिनिधिलाई आग्रह गरेको गाउँ सभा अध्यक्ष गोबिन्द बहादुर मल्लले बताए ।