Advertisement
SKIP THIS
नेपाली कांग्रेसको १०० दिने विशेष अभियान अछाममा सम्पन्न

निराकरण खबर अछाम:नेपाली कांग्रेस अछामले संञ्चालन गरेको सय दिने विषेश अभियानको समिक्षा सहितको समापन कार्यक्रम सदरमुकाम मंगलसैनमा समापन गरिएको छ।

कार्यक्रममा नेपाली कांग्रेस प्रदेश कार्यसमितिका महामन्त्री प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेहाराज खड्का प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै महामन्त्री मेघराज खडकाले नेपाली कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुने बताए ।देशमा शान्ति सुरक्षा अमनचयन कायम गर्दै जनताको हितको लागि कांग्रेसले ठुलो बलिदान सहित योग्दान गरेको नेपाली जनताले भुल्न नसक्ने अछाम जिल्ला र सुदूरपश्चिम प्रदेशको सम्रग विकासका लागि आफु अहोरात्र खटिर हेको बताउँदै जिल्ला र प्रदेशमा जनतालाई हाम्रो सरकार छ भन्ने अनुभुती हुने खालको काम गर्ने बताए।

कार्यक्रममा बिशिष्ट अतिथिको आसनबाट बोल्दै नेपाली कांग्रेस प्रदेश कार्यसमितीका  सह महामन्त्री अम्बिका चलाउनेले पाटी संगठनलाई बलियो बनाउँदै जनताको जिवनस्तर माथि उठाउने खालको काम गर्दै अघी बढ्नु पर्ने बताईन।

कार्यक्रममा प्रदेश सभा सदस्य माननीय मान बहादुर रावल,पूर्व माननिय राम बहादुर विष्ट,अंकल विष्ट,पूर्व पाटी सभापती भारत कुमार स्वार, प्रजातन्त्र सेनानी प्रदेशका अध्यक्ष टिकाराम खनाल,पाटीका प्रदेश कार्यसमितीका सदस्य महासमिती सदस्य महाधिवेशन प्रतिनिधी जिल्ला क्षेत्रिय निर्वाचन प्रदेश समिति नगर तथा गाउ तथा वडा कार्यसमितिका पदाधिकारी निर्वाचित जनप्रतिनिधि,विभिन्न भातृ तथा सुभेच्छुक संगठनका प्रमुख प्रतिनिधी नेताकार्यक्रता लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा जिल्ला कार्यसमितीले तोकेका प्रतिनिधीहरुले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया