निराकरण खबर अछाम :अछाममा काठ तस्करीका फरार ३ प्रतिबादि प्रकाउ परेका छन।
शुक्रबार बिहान अछाम प्रहरीले तुर्माखाद गाउँपालिका ६ का ३ जनालाई प्रकाउ गरेको हो।
उनिहरु तिनै जनालाई काठ कटान तथा ओसारपसार मुद्दामा जिल्ला अदालत अछामले दोषि करार गरि जनहि २२ हजार ४ सय ११ रुपैयाँ जरिवाना तोकेको थियोे ।
प्रकाउ पर्नेमा तुर्माखाद गाउँपालिका ६ बस्ने माङ्गलि देबि जैसी,तारा देवि साउद र हर्क बिक रहेका जिल्ला प्रहरी कार्यालय अछामका सुचना अधिकारी प्रहरी निरिक्षक जय पार्किले जानकारी दिए।










