Advertisement
SKIP THIS
नेपाली कांग्रेसको १०० दिने विशेष अभियान साँफेबगर नगरपालिका ७ रिडिकोटमा

निराकरण खबर नेपाली कांग्रेसको १०० दिने विशेष अभियान साँफेबगर नगरपालिका ७ रिडिकोटमा सम्पन्न भएको छ।बिहिवार वडा सभापति तिलाराम टमट्टाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अथिती नेपाली कांग्रेस अछामका निवर्तमान सभापति भरत कुमार स्वार रहेका थिए । कार्यक्रम बोल्दै स्वारले क्रियाशिल बितरण,कांग्रेसलाई सुदृढीकरण गर्न जरुरी देखिएको जागरणका लागि बिषेश अभियान सञ्चालन भएको बताए ।

कार्यक्रम बिशिस्ट अथिति नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सदस्य रुपा आउजि,जिल्ला समन्वय समिति अछाम प्रमुख ललित बहादुर कुँवर रहेका थिए ।यस्तै साँफेबगर नगरपालिका प्रमुख राजेन्द्र कुँवर,क्षेत्र नं २ का क्षेत्रिय सभापति पुष्पराज शर्मा,दलित संघ केन्द्रीय सदस्य टंक्कर ताम्राकार महाधिवेशन प्रतिनिधि लक्ष्मि शाह,जिल्ला कार्यसमिति सदस्य गोकुल भाट, सुतर कुँवर लगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियोे ।

तपाईको प्रतिक्रिया