निराकरण खबर अछाम:सामाजिक विकास कार्यालय अछामद्वारा बालबालिकालाई आत्मरक्षा तालिम सञ्चालन गरेको छ।
बुधबार चाैरपाटी गाउँपालिका ५ मा रहेको दयापिपल तोला माध्यमिक बिधालय कार्यक्रम सञ्चालन गरिएको हो।
लैंगिक हिंसा निवारण कार्यक्रम अन्तरगत कार्यक्रम गरिएको सामाजिक विकास कार्यालय अछामले जनाएको छ । तालिमको उदघाटन गर्दै सामाजिक विकास कार्यालयका कार्यालय प्रमुख डम्बर बहादुर रावलले तालिमबाट बालबालिकालाई हिंसाजन्य घट्नाबाट जाेगिन मद्दत गर्ने बताए ।
साेहि कार्यक्रम पञ्चदेवल बिनायक नगरपालिकाकाे एउटा सामुदायिक विद्यालयमा पनि सञ्चालन गरिने जनाईएकाे छ ।










