निराकरण खबर अछामः नेपाली कांग्रेसको १०० दिने बिषेश अभियान चौरपाटी गाउँपालीका ४ पायलमा सम्पन्न भएको छ ।सोमबार नेपाली काग्रेस चौरपाटी गाउँपालीका ४ पायल वडा सभापती शिबराज खत्रिको सभापतीत्वमा भएको कार्यक्रमा नेपाली कांग्रेस सुदुरपश्चीम प्रदेश सदस्य भक्त बहादुर ठकुल्ला प्रमुख अथीती रहेका थिए ।
कार्यक्रमा बोल्दै ठकुल्लाले पार्टी संगठन सुदृढीकरण बनाएर पार्टीलाई बलियो बनाउन सबैले लाग्नु पर्ने बताए । कार्यक्रममा बिशिष्ट अथिती महासमिती सदस्य भगवती खनाल,चौरपाटी गाउँपालीका उपाध्यक्ष शर देबि खड्का, नेपाली कांग्रेस जिल्ला आमन्त्रीत सदस्य गणेश बहादुर शाह,लाल बहादुर धाामी, अछाम क्षेत्र नं १ प्रदेश क प्रदेश सभापती महेश खड्का, प्रदेश सदस्य छेत्र खड्का लगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको सभागीता रहेको थीयो ।










