Advertisement
SKIP THIS
ढकारीकाे बर्खाली खोलामा पक्की पुल बनाउन छोडेर ठेकदार बेपत्ता

तारामान खड्का अछाम : अछामको ढकारी गाउँपालीका ८ बर्खालीखोलामा पक्की पुल बनाउन छोडेर ठेकदार बेपत्ता भएको छ । पुर्बाधार बिकास कार्यालय साँफेबगरबाट २०७९ पौषमा नन्देगडा एसएमपी जेभी धनगढीले २०८० असाढ ३० गते निमार्ण सक्नेगरी ३ करोड ८६ लाख ५९ हजारमा सम्झौता गरेको थीयो । सम्झौताको ९ महिना बढी हुदाँ समेत निमार्ण पक्षले पुल बनाउन सकेको छैन ।

निमार्ण कम्पनी नन्देगडा एसएमपी जेभी धनगढीले कार्यालयबाट पुल बनाउने भनेर १ करोड १६ लाख ६२ हजार रकम लिएर बेपत्ता भएपछी नागरिकले भने सास्ती खेप्नु परेको छ । १६ मिटर लम्बाई रहको मोटरेबल पक्की पुल निमार्ण पक्षले पेश्की लिएर समेत नबाएपछी कार्यालयले कारवाहीका लागी मंसीर १४ गते पत्र काटेको पुर्बाधार बिकास कार्यालय साँफेबगरका प्रमुख जंग बहादुर थापाले बताए ।

पुल समयमै सम्पन्न गर्न पटक पटक ताकेता गरेपनी कुनै सुनुवाई नगरेको ढकारी गाउँपालीका अध्यक्ष प्रकाश साउँदले बताए ।मुस्कील खोलामा पक्की पुलका लागी बजेट परेपनी ठेकदारले भने पुलको एकतिरको पिल्लर हालेर अरु काम नर्गदा ढकारी आवत जावत गर्ने सवारी साधनले सास्ती भोग्नु परेको अध्यक्ष साउँदले बताए ।

सँगै सम्झौता भएको रामारोशन गाउँपालीकाको बन्दे खोलामा भने निमार्ण पक्षले निर्माण सम्पन्न गरि गएको बर्षामै सञ्चालमा आईसक्दा ढकारी ८ को बर्खालीखोलाको निर्माण पक्ष भने पेश्की बुझेर पुल अलपत्र छोडेर बेपत्ता भएको छ ।यसबारेमा नन्देगडा एसएमपी जेभी धनगढीका प्रतिनीधी शिव बहादुर थापालाई ९८५१२३३०८२ मा  पटक पटक फोन गर्दा सम्पर्कमा आएनन् ।

तपाईको प्रतिक्रिया