Advertisement
SKIP THIS
तुर्माखाँद १ मा चितुवा देखिन थाल्यो, सावधानी अपनाउन प्रशासनको आग्रह

निराकरण खबर अछाम:अछामको तुर्माखाँद १ को सामुदायिक बन क्षेत्र आसपासमा चितुवा देखिन थालेको छ।

खिरापानी सामुदायिक वनआसपासमा बिरामी अवस्थामा चितुवा देखिएको हुदाँ सावधानी अपनाउन अछाम प्रशासनले आग्रह गरेको छ। प्रशासनले साँझको बखत वा राति हिँडडुल नगर्न,निस्कनै पर्ने भय समूहमा लठ्ठी लिएर मात्र निस्कन, बालबालिकाहरूलाई एक्लै वनतिर वा झाडीमा नजान दिन आग्रह गरेको छ।

यस्तै चितुवाको ताजा पाइला वा गन्ध थाहा पाउने बित्तिकै सतर्क हुन अन्य जनावरको सङ्केत (बाँदर, रतुवा, लड्गुर आदि) याद गर्ने हुदँ चितुवा वा बाघ देख्दा यिनीहरू कराएर सङ्केत गर्ने हुदाँ चनाखो रहन प्रशासनले आग्रह गरेको छ। यस्तै राति आफ्‌नो घरको झ्याल ढोका राम्ररी बन्द गरेर बस्ने घर बाहिर वा आँगनमा र वरिपरि बत्ती बालेर उज्यालो गर्न अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया