Advertisement
SKIP THIS
कमलबजार विमानस्थलमा पौष १३ गते परिक्षण उडान हुने

अछाम :अछामको कमलबजार बिमानस्थलको परिक्षण उडान हुने भएको छ ।

लामो समयदेखी परिक्षण उडानको पर्खाइमा रहेको विमानस्थलको पौष १३ गते परिक्षण उडान गरिने कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालले बताएका छन ।

लामो समयदेखी एयर्पोट संचानकालागी लागीपरेको र परिक्षण उडानको तयारी लगभग सक्किएको मेयर ढकालले बताए ।

संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डे आफैले १३ गतेको परिक्षण उडानको मिति तय गरेको ढकालले उल्लेख गरे ।२०४९ सालमा निर्माण प्रक्रिया शुरु गरिएको बिमानस्थलको ३२ वर्ष पछि परिक्षण उडान हुन लागेको हो ।

तपाईको प्रतिक्रिया