Advertisement
SKIP THIS
तुर्माखाँदका सौरे बयक उर्फ ‘सुन्तला बाजे’

सुन्तलाबाटै २ महिनामा मात्रै झण्डै दुई लाख बढी कमाउछन्

तारामान खड्का अछामःहेरक दिन बिहानी सुर्यका किरण सँगै सुरु हुन्छ, अछामकाे तुर्माखाँद गाउँपालीका ४ का ६८ बर्षीय सौरे बयकको दैनिकी ।उमेरले डाडा काटेपनी उनको जोस जागर हेर्ने हो भने कुनै युवाको भन्दा कम छ्रैन ।उनि अचेल हरेक दिन बिहान गाउँपालीकाको केन्द्र तुर्माखाँद बजारमा रहेको खुल्ला मञ्च अगाडी सुन्तलाको डोकोका साथ आईपुग्छन र सुरु हुन्छ उनको दैनिकी, बिहान सुर्यका किरण सँगै सुन्तला बिक्री गर्ने उनि साझँ सुर्यका किरण अस्ताउने बेलासम्म बिक्रीगरिरहेका हुन्छन । बिक्री नभएको सुन्तला साँझ खुल्ला मंञ्च अगाडी रहेको आफन्तको पसलमा छोडेर जान्छन ।

उनका सुन्तला किन्ने प्राय तुर्माखाँदबाट छिमेकी जिल्ला सुर्खेत जाने आउनेहरु र गाउँबाट तुर्माखाँद आएकाहरु रहेका छन । उनी मंसिर देखी माघ सम्म बजारमा आएरै सुन्तला बिक्री गर्दै आएका छन ।बजार आएका केटाकेटी र बाहिरबाट आएकाहरुले उनलाई सुन्तला बाजे भनेर बोलाउने गरेका उनले बताए ।२ छोरा र ३ छोरीका बुवा भएपनि छोराहरु बुहारी सहित भारत र छोरीहरु बिवाह गरि गईसकेका छन ।घरमा आफु जस्तै बृद्ध श्रीमती र १ नाती १ नातीनी सँगै बसीरहेका छन ।

उनि भन्छन् दिनमा ७० केजी जती बिक्री गर्छु ,प्रतिकेजी ६० का दरले ।उनले सुन्तला किन्ने प्रत्येकलाई १ र दाना थपेर समेत दिने गरेका छन । सुन्तला बिक्री गरेरै आफ्नो घर खर्च र नातीनातीनीहरुको पढाई खर्च पुरा र बचत समेत गर्ने गरेको बताए ।कसरी सुरु गर्नुभयो सुन्तला बिक्री गर्ने काम भन्ने बारे सौरे बयक भन्छन् २०४७ सालमा घरमा एक बोट सुन्तला लगाएको थीए ।उक्त सुन्तला फलेको देखेर अब अझै सुन्तला लगाउनु पर्छ भन्ने लाग्यो त्यै भएर अरु सुन्तला लगाए ।सुन्तलाबाटै २ महिनामा मात्रै झण्डै दुई लाख बढी कमाउने र बजार भनकै तुर्मौखादको खुल्ला मञ्च रहेको आफुले बिगत ३ बर्ष देखि सुन्तला बिक्री गरिरहेको हालसम्म बजारको कुनै समस्या नरहेको उनले बताए ।

घरमै रहको बोटबाट बिउ उत्पादन गरि ५० बोट लगाएको उनले बताए ।हालसम्म कहि कतैबाट सुन्तला खेती प्रर्बद्धनका लागी सहयोग नपाएको उनले बताए ।हामी जस्तो न थाहा उनेलाई कसले सहयोग गर्छ उनी भन्छन् । गतबर्ष एक सय सुन्तलाका बोट लगाउनु पर्छ भनेर खाल्डो खनेर बोट समेत लगाएको तर सिचाई नपाउदाँ बोट सुकेको उनले बताए । हाल भारतमा रहेका छोराहरु समेत अब घरमै आउछौ सुन्तला र ओखर खेती गर्छौ भन्ने गरेका उनले बताए । आफुले सुन्तला मात्र नभई १ रोपनी केरा खेती गरिरहेको र केराबाट मात्रै बर्षमा १ लाख जतिका बिक्री गर्ने गरेको बताए ।केरा र सुन्तलामा घरमै पालेका बाख्राको मल हाल्ने गरेको उनि बताउछन ।

निमार्णाधिन चिसापानी जंगलघाट मंगलसेन सडक खण्ड सँगै जोडीएको तुर्माखाँद गाउँपालीका सुन्तला खेतीको लागी प्रबल सम्भावना बोकेको क्षेत्र हो ,तुर्माखाँदका सबै जसो क्षेत्रहरुमा हालपनी सुन्तला खेती हुदै आएको छ,तुर्माखाँदको सुन्तला अछामको अन्य क्षेत्रको भन्दा स्वादिलो हुने गरेको र अझै सो क्षेत्रका नागरिकलाई ब्यावसायीक सुन्तला खेती तर्फ आर्कर्षीत गर्न सके सो क्षेत्रका नागरिकले मनग्य आर्थीक लाभ लिन सक्थे ।

तपाईको प्रतिक्रिया