निराकरण खबर अछाम :जिल्ला समन्वय समिति अछाम प्रमुख ललित बहादुर कुँवरले हातेमालो बहुउद्देश्य सहकारी संस्थाले कृषि उपज व्यवस्थापन र उत्पादकत्व बृदिको क्षेत्रमा पुर्याएको बताएका छन् ।
शनिबार सहकारी सस्थाको १५ औं बार्षिक साधारणसभामा बिशिस्ट अथितिको आसनबाट बोल्दै कुँवरले तीव्र आर्थिक वृद्धि हासिल गर्ने आर्थिक विकास गर्ने रहेको हुँदा सहकारी क्षेत्रलाई प्रवर्धन गर्दै विकासमा परिचालन गर्न सोही अनुरुपको नीति योजना तर्जुमा गर्न आवश्यक रहेको बताए ।
सहकारी क्षेत्रको माध्यमद्वारा किसानको हित संरक्षणका कार्यक्रम तर्जुमा गर्न उत्पादन र उत्पादकत्व बढाउन कृषिको आधुनिकरण व्यावसायीकरण गर्न कृषकका लागि कृषि सामग्री कृषि उपजको उचित मूल्य र बजार पहुँचको व्यवस्था गर्नु अहिलेको प्रमुख आवश्यकता भएको हुँदा संघ प्रदेश र स्थानीय सरकारले यसतर्फ ध्यान दिन र योजना निर्माण गर्नुपर्ने बताए ।
जनताको जीवन स्तरमा सुधार ल्याउन र आम्दानीको स्रोत विकास गर्न कृषि पशुपालन फलफुल खेती नगदे बाली आयार्जनका कार्यक्रम सञ्चालनका लागि निजी क्षेत्र सार्वजनिक र सहकारी क्षेत्र पनि परिचालित हुनुपर्नेमा जोड दिए।










