Advertisement
SKIP THIS
प्रभा धम्कोट माध्यामिक विद्यालयको अध्यक्षमा आकाश कँवरको चयन

भगवती कुँवर साँफेबगर :साँफेबगर नगरपालिका वडा नम्बर ३ सिद्धेश्वरको प्रभा धम्कोट माध्यामिक विद्यालयको नयाँ विद्यालय व्यवस्थापन समिति चयन भएको छ । विहिबार भएको भेलाले आकाश कुँरको अध्यक्षतामा ६ सदस्यीय समिति चयन गरिएको छ । समितिको सदस्यहरुमा खेमराज कुँवर,लक्षमण कुँवर,लाल बुढा महिला सदस्यहरु कमला कुँवर र सत्य सुनारलाई सर्बसम्मत चयन गरेको हो ।

कार्यक्रममा बोल्दै समाजसेबी बुद्धिजिवि एवम् शिक्षाबिध ध्वज बहादुर कुँवरले नया कार्यसमितिलाई शुभकामना दिदै विद्यालयको शैक्षिक भौतिक विकासका लागी एकजुट भएर काम गर्न सुझाब दिए । उहनले शिक्षाको क्षेत्रमा बिगतको भन्दा राम्रो काम गर्न पनि नँया विद्यलायलय व्यवस्थापन समितिलाई आग्रह गरे।

कार्यक्रममा बाल्दै नवगठित विद्यलायल व्यवस्थापन समितिका अध्यक्ष आकाश कुँवरले विद्यालयको समग्र विकासका लागी आफु सदैव लागी परेको र अब थप जिम्मेवारीका साथ अगाडी बढ्ने प्रतिबद्धता जनाए । विद्यालयका हरेक सकारात्मक गतिविधिमा सबै पक्षको साथ सहयोग अपेक्षा गरेको समेत बताए । उनले विद्यालयका शैक्षिक गुणस्तर,शिक्षकको विद्यालय नियमितता र विद्यालयका भौतिक विकासका लागी सबै सरोकारवालाहरुको सुझाबका साथ अगाडी बढ्ने बताए ।

तपाईको प्रतिक्रिया