Advertisement
SKIP THIS
अछाममा पहिलो बन्यो ,मंगलसेन नगरपालिका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग कार्यसम्पादन मूल्याङ्कनमा

निराकरण खबर अछाम:राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग कार्यसम्पादन मूल्याङ्कनमा अछाममा मंगलसेन नगरपालिका पहिलो भएको छ भने कमलबजार नगरपालिका अन्तिम भएको छ।

आयोगले सार्वजनिक गरेको प्रतिबेदनमा मंगलसेन नगरपालिका ७०.३९अंक पाएर अछाममा पहिलो र सुदूरपश्चिम प्रदेशमा चौथो र देश भरिका २ सय ९१ नगरपालिकामा ९ औं स्थानमा रहेको छ।भने देश भरिका ७ सय ५३ स्थानीय तहमा समेत २९ औं स्थानमा रहेको छ।

नेपाल सरकारबाट आर्थिक बर्ष २०८१/८२ मा आयोगको सिफारिशमा उपलब्ध गराइने वित्तीय समानीकरण अनुदान अन्तर्गत कार्यसम्पादन मूल्याङ्कन वापत प्रदान गरिने अनुदानका लागि प्रदेश र स्थानीय तहले कार्यसम्पादन सूचकका आधारमा मंगलसेन नगरपालिका अछाम जिल्लामा पहिलो भएको हो। यस्तै अछाम जिल्लामा कमलबजार नगरपालिका ४५.९९ अंकका साथ १० औं स्थानमा रहेको छ।

फाल्गुन ८ गते प्रकाशित गरेको प्रतिबेदनलाई पुनरावलोकनका लागि सात दिनको समय दिई सो अवधिमा प्राप्त निवेदन माथि कारवाही भई प्राप्त हुन आएको यो अन्तिम नतिजा रहेको आयोगले जनाएको छ।

तपाईको प्रतिक्रिया