Advertisement
SKIP THIS
एसईई र कक्षा आठमा उत्कृष्ट अंक ल्याए वडाले नगद पुरस्कार दिने

निराकरण खबर अछाम:अछामको मेल्लेख गाउँपालिका वडा न. ५  बिन्धेवासिनिले याे शैक्षिक सत्रमा कक्षा ८ र एसईईमा उत्कृष्ट हुने छात्र छात्रालाई नगद पुरुस्कार दिने निर्णय गरेकाे छ ।

बुधबार बसेकाे वडा समितिकाे बैठकले विद्यालयमा पहुँच,उच्च  शिक्षा हासिल बिद्यालयमा  आकर्षित  गराउने तथा विद्यार्थीको हौसला बढाउने उदेश्य  राख्दै कक्षा ८ एसईई परिक्षामा सर्वाधिक अंक ल्याई उतिर्ण हुने छात्र छात्रा लाई कक्षा ८ मा पालिका प्रथम लाई २१ हजार १ सय १ द्वितीय हुनेलाई  १५ हजार १सय १ तृतीय १० हजार १ सय१ नगद  पुरुस्कारकाे व्यवस्था गरिने वडा न. ५ का वडा अध्यक्ष प्रकाश बहादुर अधिकारीले बताए।

वडा न.५ घटेडाडा आधारभुत बिद्यालय सरानि  र जनता नमुना प्राबिधिक बिधालय मेल्लेखका छात्र छात्रा हरुका लागि एसईई  ५ न.वडा प्रथम लाई ५० हजार १सय १ एस ई ईमा मेल्लेख गाउपालिका प्रथम भए १लाख १सय १ नगद पुरस्कार प्रदान गरिने वडा अध्यक्ष अधिकारीले बताए । उक्त नगद पुरुस्कारकाे लागि वडाको स्थायी बासिन्दा हुनुपर्ने वडाध्यक्ष अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया