Advertisement
SKIP THIS
बिद्यालयको नाममा दर्ता गर्ने निणर्य गराई  बिक्री गरे जनकल्याणको १ सय १ रोपनि ऐलानी जग्गा

तारामान खड्का अछामः अछामको साँफेबगर नगरपालीका ४ मष्टामाण्डौको जनकल्याण टोलमा रहेको १ सय १ रोपनि ऐलानी जग्गा स्थानिय टाठाबाठाहरुले बिक्री गरर खाएका छन ।

जनकल्याण माध्यमीक बिद्यालय स्थापना पछी २०६६ सालमा सो जग्गा बिद्यायको नाममा ल्याउने भनेर निर्णय गराएर केही चलाख ब्याक्तीहरुले सो १ सय १ रोपनि जग्गा बिक्री गरेर खाएका छन । उनिहरुले बिद्यायको नाममा ल्याउदा जग्गा अतिक्रमण हुनबाट जोगीने भनेर स्थानियहरुलाई भ्रममा पारे जनकल्याण माध्यमीक बिद्यालय ब्यावस्था समितीको नाममा ल्याउने भनेर्रे भनी सर्बदलीय बैठक राखेर नै जग्गा बिक्री गरेको स्थानियहरुले बताए ।

सर्बदलीय बैठकमा १ सय ८३ जनाको उपस्थीति रहि सो १ सय १ रोपनि सार्वजनीक जग्गालाई बिद्यालयको नाममा गर्नेको निम्ती सम्वधित निकायमा पहल गर्ने समेत निर्णय गराएका छन। सार्वजनीक जग्गाको संरक्षण र तथाङ्क राख्ने अधिकार पाएका सरकारी निकाय समेत यसबारे जानकार नै नभएको गैर जिम्मेवार जवाफ दिने गरेका छन ।

तर केहि निर्णय कर्ताका कारण न जग्गा बिद्यालयको नाममा नामसारी भयो,उल्टै त्यो १ सय १ रोपनी जग्गालाई मनलाग्दी अतिक्रम गरि आफु खुँसी बिक्री गरिएको स्थानिय राजेन्द्र्र कोलीले बताए । सो १ सय १ रोपनी सार्वजनीक जग्गा अतिक्रमबारे आफुले पटक पटक बोलको तर कतैबाट सुनुवाई नभएको स्थानिय मान बहादुर कुँवरले बताए ।

बि.स २०६७ सालमा भएको बिषेश नापीमा समेत साफेबगर नगरपालीका ४ मष्टामाण्डौ जनकल्याण टोलमा रहेको सो जग्गा एैलानी नै देखिन्छ । सो एैलानी १ सय १ रोपनी जग्गालाई जनकल्याण माध्यमीक बिद्यालयको नाममा नामसारी पटक पटक निर्णय भएको तर निणर्य कर्ताहरुले नै पछि जग्गाको भोगचलन गर्दा बिद्यायले जग्गा प्राप्ती गर्न नसकेको हो ।
यता सरकारी जग्गाको संरक्षण र तथाङ्क राख्ने काम जिल्ला मालापोत कार्यलय अछामको भएपनी सो जग्गा एैलानी भएको बारेका कुनै जानकारी जिल्ला मालपोत कार्यलय अछामका कार्यालय प्रमुख शिवराज ढुंगानाले बताए ।

जनकल्याण टोलमा रहेको सरकारी जग्गालाई आफुखुसी स्थानिय नेता, जनप्रतिनीधी, ब्यापारी, अधिकारकर्मी लगायका टाठाबाठाहरुले नै बिक्री गरेका छन । यसबारेमा नत बिक्री गर्ने बोल्छन , नत खरिद गर्नेहरु नै , खरिद बिक्री गरेको कुनै प्रमाण समेत भेटीदैन, यसबारेमा नजीकको स्थानिय सरकारले समेत मौन सर्मथन गरेको छ । स्थानिय स्तरमा रहेका सार्वजनिक र ऐलानी जग्गा संरक्षण गर्नु स्थानिय सरकारको दायीत्व हो तर अछमको साफेबगर नगरपालीकाले भने आफ्नै कार्यालय सँगै रहेको तत्कालीन नगर बिकासले नगरपालीकाकै जग्गा भनेर नाप जाच गरेको जग्गा समेत ब्याक्तीहरुले संरचना बनाउदाँ समेत चुप बसेको छ ।

तपाईको प्रतिक्रिया