Advertisement
SKIP THIS
कैलालीको घोडाघोडीमा पालिका स्तरीय  शान्ति संवाद कार्यक्रम सम्पन्न

निराकरण सम्वाददाता सुखड:कैलालीको घोडाघोडीमा पालिका स्तरीय शान्ति संवाद कार्यक्रम बिहिबार सम्पन्न भएको छ । स्थानीय सरकार, नागरिक समाज र द्वन्द्व प्रभावित समुदायका प्रतिनिधिहरू बिचमा संवाद गरिएको थियो ।

थारु महिला उत्थान केन्द्र बर्दियाको लैङ्गिक न्यायप्रति उत्तरदायित्व कार्यक्रम अन्तर्गत गौरीगंगा र घोडाघोडी नगरपालिका जनप्रतिनिधि, कर्मचारी, द्वन्द्व प्रभावित महिला समुह र स्थानिय शान्ति पहलकर्ताहरु बिचमा अन्तरक्रिया गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि घोडाघोडी नगरपालिका नगर प्रमुख खडक रावतले दश वर्षको द्वन्द्वले देशमा राजनितिक परिवर्तन भएको तर, शान्ति स्थापना भएको सत्र वर्ष पुगिसक्दा सम्म पनि सत्य निरूपण तथा मेलमिलाप आयोग नबन्दा द्वन्द्व पिडितको समस्या समाधान तथा राज्यबाट प्रदान गर्ने सेवा सुविधाबारे ठोस निति कार्यक्रम बनाउनमा अन्योल रहेको बताए ।

घोडाघोडी नगरपालिकाका उपप्रमुख गुलिया कुमारी चौधरीले द्वन्द्व प्रभावित महिलाहरूको जिवन सशक्तिकरण तथा नियमित स्वास्थ्य जाँचको लागि नगरपालिकाको निति तथा कार्यक्रममा बजेट व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेकि थिईन । कार्यक्रमका सहभागीहरुले महिलाहरुले देशमा राजनितिक परिवर्तनमा परिवारको सदस्य गुमाउँदा हाल छोराछोरीलाई उच्च शिक्षा अध्ययनमा आर्थिक समस्या रहेको तथा द्वन्द्वको समयको कुटपिट र चोटको कारणले स्वास्थ्यमा असर परिरहेको हुदा नियमित उपचार औषधी सेवन गर्न नसकिरहेको र क्षमता अनुसार रोजगारीको अभाव झेलिरहेको बताएका थिए ।

हिरामोती चौधरीको सभापतित्वमा भएको संवाद कार्यक्रममा गौरीगंगा नगरपालिका वडा नं ८, ९ र ११ का अध्यक्ष क्रमश: करुणा चौधरी, राजकुमार थारु र साहेब लाल चौधरी लगायतले मन्तब्य राखेका थिए ।

तपाईको प्रतिक्रिया