Advertisement
SKIP THIS
सीप हस्तान्तरण र आय आर्जनका लागि आरन तालिम

निराकरण खबर अछाम:अछाममा नयाँ उद्यमीहरूका लागि संचालित १ महिने आरन उद्योग सीप विकास तालिमको सोमबार एक कार्यक्रमका बीच समापन गरिएको छ ।

घरेलु तथा साना उघोग कार्यालय अछामको आयोजनामा तालिमको माध्यमबाट उद्यमीहरूको आय-आर्जनमा वृद्धि गर्ने र आरन पेसालाई बचाउने उद्देश्यले तालिम संचालन गरिएको थियो ।

आरन सम्बन्धी सीप विकास तालिमले लोप हुँदै गएको आरन व्यवसाय र परम्परागत सिपलाई प्रविधिको प्रयोग गर्दै सरल, सहज तरिकाले आकर्षक औजार निर्माणमा गरि ब्यावसायिक ढंगले अगाडि बढाउने लक्ष्यका साथ सीप सिकाईएको घरेलु तथा साना उधोग कार्यालय अछामका प्रमुख भिम बहादुर सिंहले बताए  ।

अछाम जिल्लामा आरन ब्यावसाय पुस्तान्तरण नहुदाँ लोप हुदै गएको आरन व्यवसाय छोडेर बिदेश पलायन हुदै गएकार युवा शिक्षा, रोजगारीलगायत सुविधा खोज्दै सहर पस्ने गरेका कारण पेसा नै संकटमा परेको सिहले बताए ।आरन पेसालाई ब्यावसायिक उदेश्यले काम गरे पैसा कमाउनकै लागि बिदेश जानू नपर्ने आरनबाट निर्माण गरिएका सामाग्रीले अछामको पहिचान गराउन खालका बनाए तालिमको महत्त्व हुनेे घरेलु तथा साना उधोग कार्यालय अछामका प्रमुख भिम बहादुर सिंहले बताए  ।

१ महिनासम्म संचालन भएको  तालिममा सहभागीहरुले परम्परागत हतियार खुडा,खुकुरी ,चुलेसी लगायतका कृषि औजार निर्माण गरेका हुन । अछामका विभिन्न स्थानीय तहका ८ जनालाई तालिम दिइएको थियो ।

आरन पेसालाई आधुनिकीकरण गर्दै लैजानुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष बिकले बताए। स्थानीय स्तरमा परम्परागत देखी चल्दै आएको पेसालाई संरक्षण गर्न नसक्दा लोप हुने खतरा बढेको उनको भनाइ छ ।

१ महिनाको अवधिमा आफुले थुप्रै किसिमका परम्परागत घरेलु हतियार बनाउन सिकेको तालिममा सहभागी मेल्लेख गाउँपालिका वडा नम्बर ८ का शालिभान साउदले बताए । आगामी दिनमा यस्ता खालका तालिम संचालन गर्न आवश्यक रहेको उनले बताए ।आफुले सिकेको यश सिपलाई ब्यावसायिक उदेश्यले प्रयोग गर्ने उनलेे बताए । पहिले दलित समुदाय मात्रै गर्ने हो भन्ने भाष्य सिर्जना भएको बताउदै साउदले सीप ज्ञान कुनै समुदायको नहुने बताए ।

परम्परागत पेशा आरन पछिल्लो समय युवा पुस्ताले चलाउन छोडेपछि गाउँ सहरबाट आरन विस्थापित हुँदै गएका नेपाल घरेलु तथा साना उधोग महासंघ सुदुरपश्चिम प्रदेशका अध्यक्ष नरबहादुर रावलले बताए । घरेलु तथा साना उधोग कार्यालय अछामले यस्ता सिर्जनशील कार्य हरु गरेको धन्यवाद समेत दिए ।

तपाईको प्रतिक्रिया