Advertisement
SKIP THIS
अछाममा आगोमा परि ४५ दिनको शिशु गम्भीर घाइते

निराकरण खबर अछाम:अछाममा आगोमा परि ४५ दिनको शिशु गम्भीर घाइते भएको छ।

आईतवार साँझ जिल्लाको पञ्चदेवल बिनायक नगरपालिमा ८ ढुङ्गे बजार बस्ने बिन्द्रा बि.कका ४५ दिनको शिशु गणेश बि क आगोमा परि घाइते भएका छन।

आफ्नै घरको भान्सामा खाना पकाई रहेको नजिक सुताई आफु बाहिर गएको अवस्थामा चुलोमा बालेको आगो बाट एक्कासी बच्चा सुताएको कपडामा आगो सल्किन गई नवजात शिशु जलेका हुन।

उनको बाँया पट्टीको शरिर जली गम्भीर घाईते भएको नवजात शिशुको स्थानिय स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात प्रादेशिक अस्पताल सुर्खेतको लागी रिफर गरिएको जिल्ला प्रहरी कार्यलय अछामका प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले बताए ।

तपाईको प्रतिक्रिया