Advertisement
SKIP THIS
अछाममा बिना दर्ताको क्रसरबाट बिल जारी गर्दै कारोवार

निराकरण खबर अछाम:अछाममा एक क्रसरले दर्ता बिनै बिल बिजक जारी गरि नदि जन्य पदार्थ बिक्री गर्दै आएको भेटिएको छ। साँफेबगर नगरपालिका ४ मा रहेको न्यु कालभैरव विल्डर्सले गैरकानुनी रुपमा क्रसरबाट नदिजन्य पदार्थ प्रसोधित गर्दै बिक्रि गर्दै आएको भेटिएको छ।

बुधबार गैरकानुनी रुपमा अस्थाई रुपमा सञ्चालन रहेको क्रसरबाट गिट्टी लिएर साँफेबगरबाट कमलबजार नगरपालिकाको गैरिटाड जादै गरेको टिपरलाई प्रकाउ गरेपछि उप्त रहस्य बाहिर आएको हो।

अछाम जिल्लाको साँफेबगरमा स्थाई क्रसर नरहेका र तर बिभिन्न आयोजनाका नाममा दुई वटा अस्थायी क्रसर सञ्चालन रहेका छन। जिल्लाको जयगढ रामारोशन सडक अन्तर्गत जयगढ दर्ना सडक खण्डको जिम्मा पाएको बज्रगुरु कन्स्ट्रक्सन र साफे मेल्लेख सडक निर्माणको जिम्मा पाएको पी.एस. बानिया जे.भि. अन्तर्गतको नाति कन्ट्रक्सनले साँफेबगर स्थित बुढिगंगा नदिमा अस्थायी क्रसर उद्योग संचालनको अनुमति पाएका छन् ।

बज्रगुरु कन्स्ट्रक्सनले साँफेबगर नगरपालिका ७ मा २ बर्ष देखि र पी.एस. बानिया जे.भि. अन्तर्गतको नाति कन्ट्रक्सनको नाममा साँफेबगर नगरपालिका १ मा ६ महिना देखि अस्थायी क्रसर सञ्चालन गर्दै आएका छन।

कानुनतह अस्थायी रुपमा सञ्चालन रहेका क्रसरले कुनै पनि नदिजन्य सामाग्री बिक्री वितरण गर्न नपाईने, आफ्नो आयोजना र योजनाका लागि मात्रै नदिजन्य पदार्थ उत्खनन तथा उत्पादन गर्न पाईने प्रावधान रहेको छ।

तपाईको प्रतिक्रिया