Advertisement
SKIP THIS
बाजुरामा घरको जग खन्ने क्रममा पुरिएर एक जनाको मृत्यु

बाजुरा :बाजुरामा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ।

बुधबार जिल्लाको जगन्नाथ गाउँपालिकामा घर निर्माणको लागि जग खन्ने क्रममा माटोको ढिस्कोले च्यापिएर एक जनाको मृत्य भएको हो।

जगन्नाथ गाउँपालिका-६ काप्री स्थित आफ्नै भिनाजु दिर्घ सार्कीको घरको जग खन्ने क्रममा  एक्कासी माथिबाट माटोको ढिस्को आई कालिकोटको पलाता गाउँपालिका-२ बस्ने १८ वर्षीय बिरेन्द्र सार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

तपाईको प्रतिक्रिया